Monday, October 7, 2024

साढे सात किलो सुन ठगी काण्डमा सिटिजन बैंकको ५ जना कर्मचारी पक्राउ

spot_img

१३ भाद्र, काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार बैकभित्रै रहेर ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय विन्देश शाक्य, २६ वर्षीय सामिन शाक्य, ४५ वर्षीय लभ बराइली, ३३ वर्षीय अमितराज बज्राचार्य र २८ वर्षीय उमेश राज बराइलीलाई रहेका छन। समातिएका गिरोहिहरु बरिष्ठ सुन जाँचकी र दुई जना ऋणी रहेका छन् ।

२ करोड २८ लाख ३८ हजार ४ सय बराबरको सुन, सुन ऋणीहरुको मिलेमतोमा ठगी भएको हो । उनीहरुले सिटिजन्स बैंकको न्यूरोड शाखामा कार्यरत रहँदा सुन ऋणीहरुको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७।२८ ग्राम ९७ किलो ४ सय ग्राम० सुन बराबरको अनियमितता भएको अनुसन्धानमा देखिएको थियो।

उनीहरुलाई पक्राउ गरी ‍ उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय