Thursday, October 10, 2024

दोलखाको हिउँमा अलपत्र परेका ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार

spot_img

६ फागुन, दोलखा । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले साेमबार पनि उद्धार कार्य जारी राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय