Monday, October 7, 2024

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तानः हामीलाई यत्तिकै आरोप नलगाउ

spot_img

बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ ।

 

 

पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप खारेज गर्छौं ।’

भारतीय मिडियाले जम्मू काश्मिरमा अहिलेसम्म भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला बताएको छ । प्रहरीले बीबीसीलाई जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरु बोकेको बससँग ठोक्काइँदा कम्तीमा ४२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय