Saturday, October 5, 2024

इरानलाई हराउँदै नेपाल फाइनलमा, भारत आउट

spot_img

१ फागुन, काठमाडौं । इरानमाथि शानदार जित हात पारेको नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो ।

नेपालको जितमा सावित्राको दुई गोल

म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा पुग्ने सम्भावना कायम राख्न अन्तिम खेल जित्नै पर्ने दबाव थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले सुरुवाती अग्रता लियो । अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नेपाललाई १–० को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर बनाइन् । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी छँदा साबित्राले दोस्रो गोल गरेपछि नेपालले शानदार जित निकाल्यो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय