Tuesday, October 8, 2024

बिर्तामोड महोत्सवमा ९ क्विन्टल मार्सी चामल बिक्यो

spot_img

२३ माघ, बिर्तामोड । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा  दुई लाख ५२ हजार रुपैयाँ बराबरको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।

‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा नौ सय किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाण्डौमा रहेको त्यस सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर बिक्री वितरण गर्दै आएको छ ।

व्यापारीहरु भन्छन पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे तर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव बुधबार सकिँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय