Tuesday, October 8, 2024

अब भद्रपुरबाट बुद्ध एयरको रात्रिकालीन उडान

spot_img

१७ माघ, भद्रपुर । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरमा रात्रिकालीन उडान गर्ने भएको छ। पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्वारका रूपमा लिइएको भद्रपुरमा रात्रिकालीन उडान शुरू गरेको हो। छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बंगलादेशलाई पनि भद्रपुरले जोड्ने विश्वास कम्पनीले लिएको छ। बुधबार बुद्ध एयरले भद्रपुरमा विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ ।

यस प्रविधिलाई रन्वे एरिया निभिगेसन् भनिन्छ। यसको सहायताले ‘लो भिजिबिलिटी’ हवाई उडानका लागि हाल जडान गरिएको रनवे लाइटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान अवतरण गर्न सकिनेछ। विश्वको उड्डयन क्षेत्रमा नै प्रविधि संसारभरि प्रचलित र सुरक्षित मानिन्छ। यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपछि उडान रद्द गर्नुपर्ने बाध्यता थियो।

यसकारण यात्रुलाई पनि कठिनाइ र विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो। अहिले भद्रपुरमा नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरीबाट रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्न कम्पनाीले जनाएको छ। हवाईयात्रा हरेक सर्वसाधरणको पहुँचमा पु¥याउने अभियानस्वरूप बुद्ध एयरले विभिन्न प्रकारका भाडादर निर्धारण गरी सेवा प्रवाह गर्दै आएको छ।यसबाट स्थानीय बजारमा पनि चहलपहल बढेको छ भने रोजगारीमा पनि टेवा पु¥याएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय