Tuesday, October 8, 2024

जलाइएका ७ टिपरहरूकाे क्षतिपूर्तिकाे माग गर्दै टिफर व्यवसायीहरूद्वारा आन्दोलनकाे घाेषणा

spot_img

इटहरी । जलाइएका ७ टिपरहरूकाे क्षतिपूर्तिकाे माग गर्दै झापा, माेरङ, सुनसरीका टिफर व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घाेषणा गरेका छन् । सोमबार विहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु प्रकरणमा आफ्ना ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेकाे भन्दै आन्दोलनका कार्यक्रम घाेषणा गरेका हुन् ।

पूर्वाअञ्चल टिपर व्यवसायी संघद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलनका क्रममा टिपर संचालनमा शान्ति सुरक्षाकाे व्यवस्था गरि पाऊँ, टिफरमा आगजनी गर्ने पहिचान गरि आवश्यक कारबाही गरि पाऊँ, टिफर संचालमा लगाएकाे राेक अवधी खारेजी लगायतका ११ बुदे माग राख्दै आन्दोलनका कार्यक्रम घाेषणा गरेका छन् । पूर्वाअञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गाेपाल कार्कीले टिफर संचालमा लगाएकाे राेक अवधी खाराजी खाराेजी हुनु पर्ने नत्र टिपर सरकारले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

व्यवसायी संघद्वारा जारि प्रेस विज्ञप्तिमा माघ १६ गते प्रदेश नंं.१ स्थित गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, १७ गते सम्पूर्ण टिफर ग्यारेजमा थन्क्याउने,  १८ गते खोर्साने दखी बिराटनगर सम्म टिपर र्याली गर्ने , १९ गते संयुक्त बैठक बसी थप आन्दोलनका कार्यक्रम घाेषणा गर्ने  जनाइएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय