Tuesday, October 8, 2024

सहमतिपछि बालिकाको शव उठ्यो, बिराटचौकको जनजिवन सामान्य

spot_img

१५ माघ, बिराटचौक । सोमबार दिनभर तनावग्रस्त बनेको सुन्दरहरैचा नगरपालिका साँझदेखि बिस्तारै शान्त बनेको छ । सुन्दरहरैचा नगरपालिका ११ विराटचोक–विराटनगर सडक खण्डमा पर्ने बेलेपुर नजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएपछि जनजिवन सामान्य बन्दै गएको हो ।

सहमति पछि सोमबार साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन । सहमतिपछि पूर्व पश्चिम राजमार्ग लगायत विराटचोकबाट दक्षिणतर्फ दोहोरो सवारी साधन सुचारू भएको छ भने जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी निषेधित क्षेत्र राति ८ बजेदेखि हटाईएको छ ।

नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले सो सडकमा हाललाई टिपर संचालनमा पूर्ण रोक लगाउने, पीडित परिवारलाई क्षतिपूर्तिको पहल नगरपालिकाले गर्ने लगायतका विषयमा सहमति गरेको छ ।

सो दुखद घटनाबाट सिर्जित अबस्थालाई मध्यनजर गरी सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले सो क्षेत्रमा तत्काल टिफर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकमा उपप्रमुख धना तामाङ,प्रदेशसभा सदस्य राजकुमार ओझा लगायत सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र बुद्धिजिवीको सहभागिता थियो ।बैठकले घटनाप्रति दुख ब्यत्त गर्दै सो टिपरका चालकको दोष देखिएका कारण तत्काल पक्राउ गरी उनलाई कारबाही गर्न प्रशासन सँग माग समेत गरेको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय