Monday, October 7, 2024

बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित

spot_img

१२ माघ, काठमाण्डौ । बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन ।

आन्तरिक उडान र अवतरण अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आन्तरिक उडान तथा अवतरणको लागि कम्तीमा १६ सय मिटरसम्म देखिनुपर्छ भने बाह्यको लागि ८ सय मिटरसम्मको दूरी देखिनुपर्छ । अहिले विमानस्थलको भिजिविलिटी घटबढ भैरहेको छ ।

भिजिविलिटि बढेपछिमात्र नियमित उडान र अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय