Thursday, October 10, 2024

तेल मिलमा छापा: ताेरीको तेल भेटियो, पेल्ने मेशिन भेटिएन

spot_img

६ माघ. काठमाण्डौ । ललितपुरको सुनाकोठीमा रहेको ओम आयल मिलमा रहेको ८ हजार २ सय ५० लिटर तेलमा शिलबन्दी गरिएको छ ।

मिलमा रहेको त्रिवेणी ब्राण्डका १ र आधा लिटरका गरी २ हजार ९ सय ५० लिटर र किसान ब्राण्डको ५ हजार ३ सय लिटर तोरीको तेल शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी बिट चापागाउँको संयुक्त टोलीले छापा मारेको हो ।

अनुगमनका क्रममा तोरीको तेल र प्याकिङ्ग गर्ने मेशिन भेटिएको तर तोरी पेल्ने मिल नपाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो ।

भाँडोमा पकाउँदै गरेको २० लिटर अखाद्य रङ तथा आयल ग्रीन नामको धुलो रङ बरामद भएको र थप अनुसन्धानका लागि तेलका नमूना तथा रङ्गका नमूना संकलन गरिएको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय