Monday, October 7, 2024

चन्द्रमामा उम्रिएको कपासको बिरुवाले चिसो धान्न सकेन

spot_img

४ माघ । चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन्।अन्तरिक्ष अभियान चांगुअले लिएर गएका बीउहरू टुसाएको भन्दै चीनले मङ्गलवार तस्बिरहरू सार्वजनिक गरेको थियो। तर चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन।अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो।चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ।

 

विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेका र ती मरेका सो प्रयोगको योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन्। माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती मानिएको छ। चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, ‌साढे दुई वर्ष समय लाग्ने मङ्गल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ।

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो। त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन।चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षवाहनले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्र कारको झिङ्गाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।

त्यसरी उम्रिएको बिरुवा सो चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ। अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्मजैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफैँ हुर्कनेछ।अठार सेन्टिमिटर अग्लो र तीन केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए। उक्त प्रयोगात्मक भाँडामा सूक्ष्मजीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ।

तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती हो। चीन केही दिन अगाडी आर्थत जनवरी ३ मा मात्र चचन्द्रमाको सबैभन्दा टाढाको भागमा अन्तरिक्षयान उर्तान सफल भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय