Thursday, October 10, 2024

माइमेलामा ड्रोन क्यामेरा प्रयोग

spot_img

बर्सेनि झापाको कनकाई नदीमा लाग्दै आएको माइमेला मकर मेलामा सुरक्षा व्यवस्था मजबदु बनाउन पहिलो पटक ड्रोन क्यामेरा प्रयोग गरिने भएको छ ।

मेलामा हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न पहिलो पटक ड्रोन क्यामेरा र सीसी क्यामेराबाट निगरानी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘ठाउँठाउँमा सीसी क्यामेरा जडान गरिने छ’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण गतिविधि नियाल्न यस पटक ड्रोन क्यामेराको प्रयोग गरिनेछ ।’ पुस ३० गतदेखि माघ २ गतेसम्म सञ्चालन हुने मेलालाई सुरक्षित रुपमा सञ्चालन गर्नका लागि कार्यालयले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ–संस्थाहरुसँग आज छलफलसमेत गरेको छ ।

मेलामा १३५ जना नेपाल प्रहरी, ५० जना ट्राफिक प्रहरी परिचालन गरिने, दुई किलोमिटर आसपासका क्षेत्रमा जाँडरक्सी लगायतका मादक पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा बन्देज लगाइने प्रमुख ढकालले बताउनुभयो ।

‘मेला परिसरमा अनैतिक क्रियाकलाप नियन्त्रण गर्न ५ वटा प्रहरी टोली मेला स्थालमा खटिनेछ’, उहाँले भन्नुभयो, ‘टोली मेला स्थलको वरिपरि, जंगल तथा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्नेछ ।’

मेलास्थलमा जुवाजन्य खेलहरु पूर्णतयाः बन्देज गरिने तथा माइमेलाको वारिपारि र दोमुखा क्षेत्रमा १÷१ वटा गरी ३ वटा तीर्थयात्री सहायता कक्षको स्थापना गरिने भएको छ ।
मेलामा अघिल्लो साल लगाइदै आएको मतका कुवा लगायातका जोखिम खेल समेत प्रतिबन्द लगाइएको छ भने जाडरक्सी विक्री वितरणका समेत प्रतिबन्द्ध लगाइएको छ । कोटीहोम क्षेत्र यस अघिनै जाडरक्सी खान र बिक्री गर्न प्रतिवन्दित गरिसकेको स्थल मानिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय