Thursday, October 10, 2024

हजुरआमाको हत्या गर्ने महिलालाई जन्मकैद

spot_img

२५ पुस, भोजपुर । हजुरआमाको हत्या गरेको अभियोगमा भोजपुरमा बुधबार एक महिलालाई जन्मकैदको फैसला सुनाइएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले जन्मकैद सजाय सुनाएको हो ।

रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा ईश्वरमायाको गहना चोरी गरी कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् ।
पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद फैसला सुनाएको हो । ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय