Monday, October 7, 2024

जापानी विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् भ्रमणका एजेन्डा

spot_img

२५ पुस, काठमाडौं । जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउन जनाएको छ । मन्त्रालयका अनुसार, भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ ।

जापानले नेपालीका लागि रोजगारी खुला गरेकाले यसका प्रक्रियागत समस्या निरुपणलगायत विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल र जापानबीच हवाई सेवा सम्झौता गर्ने तयारी पनि छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ ।

नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रबद्र्धनसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण समेत निर्माण गरिनेछ ।

सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

भ्रमणका क्रममा विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय