Monday, October 7, 2024

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त, अनुसन्धान विभाग प्रमुख पदमुक्त

spot_img

२४ पुस, काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ।

परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रतिवेदनका आधारमा सरकारले शेर्पालाई बर्खास्त गरेको हो। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई स्पष्टीकरणका लागि एक महिनाअघि नेपाल झिकाइएको थियो।

परराष्ट्र मन्त्रालयद्वारा गठित समितिलाई सफाइ दिएपनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्याउँदै बर्खास्त गरेको हो।

शेर्पाले स्पष्टीकरणकै क्रममा परराष्ट्र समितिलाई गत वर्ष नोभेम्बरमा अष्ट्रेलियास्थित दूताबासले उनको घरेलु सहायक वाङचु शेर्पाका केही गतिविधिहरु संदिग्ध रहेको, वाङचु र उनकी पत्नीले नेपालबाट अष्ट्रेलिया लैजाने भनी केही व्यक्तिहरुबाट ठूलो रकम असुलेको सम्भावना रहेको बताएको थियो। सोही आधारमा उनीमाथि आवश्यक छानबिन र कारवाहीको माग गरिएको थियो। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि पदमुक्त गरेको छ।

अनुसन्धान विभागको प्रमुखमा वरिष्ठ एआईजी गणेश अधिकारीलाई ल्याइएको छ। अधिकारीले सोमबार साँझ नै पदभार ग्रहण गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय