Thursday, October 10, 2024

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

spot_img

२४ पुस, चितवन । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन्। उपचारका क्रममा भरतपुर अस्पतालमा युवराजको र चितवन मेडिकल कलेजमा रमेशविक्रमको  मृत्यु भएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय