Wednesday, October 9, 2024

चार किलाे सुनसहित तीनजना पक्राउ : एक जना फरार

spot_img

२० पुस,धादिङ । प्रहरीको प्रदेश ३ इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको चार किलाे सुनसहित गजुरीबाट तीनजनालाई पक्राउ गरेकाे छ ।

धादिङ प्रहरीको सहयोगमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले विशेष सूचनाको आधारमा बिहीबार राति पौने १० बजे गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट पक्राउ गरेको हो।

प्रहरीले सुनसहित रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ रसाेही गाउँका २४ वर्षीय विकास तामाङलाई पक्राउ गरेको हाे। एक जना फरार भएका छन्।

उनीहरु चढेको बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको पल्सर मोटरसाइकल समेत पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले बताए। उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख विकले बताए।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय