Wednesday, October 9, 2024

नोबेलले भित्रायो पित्तनलीबाट पत्थरी निकाल्ने नयाँ प्रविधि

spot_img

१६ पुस, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले पित्तथैलीबाट पत्थरी निकाल्ने नयाँ प्रविधि भित्र्याएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा मुखबाटै निकाल्ने प्रविधि भित्राइएको हो ।

यसलाई ईआरसीपी उपचार पद्धति भनिन्छ । यस पद्धतिबाट पित्त नली चिर्नैपर्ने बाध्यता नहुने चिकित्सकहरु बताउँछन् । यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो ।

ईआरसीपी प्रविधि पहिलोपटक पूर्वको अस्पतालमा नोबेलले भित्राएको अस्पताल प्रशासनको दाबी छ । नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले विदेशमा यो प्रविधिबाट उपचार हुने भए पनि नेपालका लागि ईआरसीपी नयाँ भएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय