Wednesday, October 9, 2024

दमौलीमा मोटरसाइकल दुर्घटना एक युवतीको मुत्यु

spot_img

१५ पुस, दमौली । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली तर्फ आउँदै गरेको मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टँदा म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ग १ ख ६५७७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा अनिन्त्रित भई पल्टँदा मोटर साइकलको पछाडि सवार मगरको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक व्यास–११ का १९ वर्षीय मदन अधिकारी कास्की प्रहरीको नियन्त्रणमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय