Monday, October 7, 2024

मोदीको सभाबाट फर्किएका प्रहरीमाथि आक्रमण, एकजनाको मृत्यु

spot_img

भारत उत्तर प्रदेशको गाजीपुर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीको सभाबाट फर्किएका प्रहरीमाथि स्थानीय एक राजनीतिक पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरको ज्यान गएको र अरु केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गाजीपुरका प्रहरी यशवीर सिंहले पीटीआईलाई दिएको जानकारी अनुसार नौनेरा क्षेत्रमा निषाद समुदायका केही मानिसले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि ढुंगा प्रहार गरे ।

प्रहरीका अनुसार प्रहरी जवान सुरेश वत्सको ज्यान गएको हो । प्रदर्शनकारीको ढुंगा लागेर  वत्स गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय