Wednesday, October 9, 2024

काठमाडौंमा झन् जाडो, तापक्रम १ डिग्रीमा झर्‍यो : जुम्लामा माइनस ८ डिग्री

spot_img

११ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै धेरै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस छ । १.५ डिग्री तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

मौसमविद मिनकुमार अर्यालका अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो । उनले भने, ‘कहिलेकाहिँ क्लियर डे (आकाश सफा देखिएको बेला) र हल्का हावा चलेको बेलामा बिहानैभन्दा केही घण्टापछि तापक्रम झन् घट्छ र चिसो महसुस हुन्छ । आज त्यस्तै भएको हो ।’

जुम्लामा भने सबैभन्दा चिसो छ । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । डडेलधुराको ०.७ र दिपायलको १.८ डिग्री सेल्सियस तापक्रम छ ।

अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय