Monday, October 7, 2024

भारतले निर्देशिका फेर्‍याे, अब नेपालले भारतसहित अन्य देशमा बिजुली बेच्न पाउने

spot_img

८ पुस, काठमाडौं । भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिवर्तन गरेको छ । भारतले निर्देशिका परिवर्तन गरेसँगै नेपालले उत्पादन गरेको बिजुली भारत सहित अन्य देशमा बेच्न बाटो खुलेको छ ।

यसअघि भारतले केही शर्त राख्दा नेपालले उत्पादन गरेको बिजुली भारत बेच्न सकिने अवस्था थिएन । भारतले यसअघि बनाएको निर्देशिकामा आफ्नो लगानी भएका आयोजनाबाट मात्रै बिजुली किन्न सकिने उल्लेख थियो । यस्तै कुनै निनी कम्पनीले बनाएका आयोजनामा पनि ५१ प्रतिशत भारतीय कम्पनीकै लगानी भएको हुनुपर्ने शर्त थियो ।

तर भारतले १८ डिसेम्बरमा संशोधन गरेको निर्देशिकामा भारतीय स्वामित्व नै हुनुपर्ने बुँदा हटाइएको छ । तर भारतीय कुनै पनि कम्पनीले बिजुली किन्दा भारत सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

भारतीय निर्देशिकाकै कारण नेपालले यसअघि बंगलादेशसँग गरेको विद्युत व्यापार सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको थियो । अब भारतले निर्देशिका फेरेसँगै नेपालले भारत मात्र होइन, भारत हुँदै तेस्रो देशमा पनि बिजुली बेच्न पाउनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय