Wednesday, October 9, 2024

सिरहामा प्रेसर कुकर बम भेटियो

spot_img

८ पुस, सिरहा । गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक आइतबार बिहान प्रेसर कुकर बम भेटिएको छ ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजीकै पश्चिम दक्षिणतर्फ प्रेसर कुकर कम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन ।

घटनास्थल अहिले सिरहाको चोहर्वामा रहेको नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर राखेको छ भने आवत–जावत गर्ने बाटो बन्द गरिएको छ ।

 

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । मिति, छाप र आधिकारिक हस्ताक्षरसमेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको त्यसका लागि हुने संघर्षलाई निरन्तराता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय