Wednesday, October 9, 2024

आफ्नै कोठमा दम्पती शव

spot_img

५ पुस, काठमाडौं । काठमाडौंको दक्षिणकालीमा बुधबार  दम्पतीको शव आफ्नै कोठामा भेटिएको छ।

दक्षिणकाली नगरपालिका-९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र  श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा मृत भेटिएका हुन् ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार आफ्नै कोठामा उनीहरुको शव भेटिएको हो। उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको छ। छोराछोरीको पहिचान भने खुल्न सकेको छैन।

ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय