Wednesday, October 9, 2024

काकडभिट्टाबाट बुटवलका लागि छुटेकाे बस खोलामा खस्यो

spot_img

५ पुस, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१४ मा विहीबार बिहान बस अनियन्त्रित भई खोलामा खसेको छ ।

काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस खोलामा खसेको हो । बस कावासोती १४ मा पर्ने झिनकी भणरिनिया खोलामा खसेको छ ।

बस खोलामा खस्दा २० जना घाइते भएको अनुमान गरिएको छ । खोलामा खसेको बसमुनी केही यात्रु च्यापिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ वर्षीय रमा तामाङ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्यको कावासोतीका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय