Monday, October 7, 2024

युएई नेपाली कामदारको पक्षमा छ

spot_img

४ पुस, युएई । युएईका मानव संशाधन मन्त्री नाशर बिन थानी जुमा अल हाम्लीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताउनु भएको छ ।

युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलसँग मंगलबार भएको भेटमा मन्त्री थानीले युएईको विकास निर्माणमा नेपाल र नेपालीको ठूलो योगदान रहेको भन्दै आफूहरु सधँै नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताउनुभएको हो ।

मन्त्री थानीको निमन्त्रणमा आबुधाबीमा भएको भेटवार्तामा युएई र नेपालले आआफ्ना चासोको विषयमा छलफल गरेको नेपाली दूतावास युएईले जनाएको छ ।

नेपालका तर्फबाट कार्यबाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका विषयमा कुरा उठाउनुभएको थियो ।

पछिल्लो समय नेपाल र मलेसियाबीच श्रम समझदारी भएको र खाडीका अरु देशसँग पनि उस्तै प्रकृतिको समझदारी गर्ने तयारी गरिरहेको बेला भएको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय