Wednesday, October 9, 2024

रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु

spot_img

४ पुस, बैतडी । रक्सी खाँदा बैतडीमा एकजनाको ज्यान गएको छ । डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँ कैनलीका ४५ वर्षीय रामदत्त जोशीको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

रक्सी खाएर हरिनगर बजारमा बेहोस भेटिएका जोशीलाई गोकुलेश्वर प्रहरीचौकीबाट गएको प्रहरी टोलीले गोकुलेश्वर अस्पतालमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय