Wednesday, October 9, 2024

सेल्फी खिच्ने बहानामा बलात्कार

spot_img

१ पुस, रुकुमपश्चिम । सेल्फी खिच्ने बहानामा एक बालिकालाई गोठमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो । गएको मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी सानीभेरी गाउँपालिकाकी १५ वर्षीया एक बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

सेल्फी खिच्ने भन्दै फकाएर बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको डीएसपी खड्काले बताउनुभयो । अभियुक्तलाई सोही दिन पक्राउ गरिएको भए पनि प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय