Wednesday, October 9, 2024

दुर्घटनामा ज्यान गुमाउनेको सामूहिक अन्त्येष्टि

spot_img

१ पुस, नुवाकोट । दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका मध्ये १८ जनाको आइतबार सामूहिक अन्त्यष्टि गरिँदैछ । दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाएपछि आइतबार सामूहिक अन्त्येष्टि गर्न लागिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका रितेश पण्डितको शनिबारनै अन्तिम संस्कार गरिएको र एकजनाको शव काठमाडौंमा रहेकाले बाँकी १८  जनाको बौद्ध परम्परानुसार घ्याङडाँडामा अन्त्येष्टि गर्न लागिएको तामाङले जानकारी दिनुभयो ।

अन्तिम सस्कारका लागि गाउँपालिकाले प्रत्येक परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । अस्ती नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा  २० जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय