Wednesday, October 9, 2024

फकाएर भारत लैजाँदै गरिएकी किशोरीको सीमाबाट उद्धार, युवक पक्राउ

spot_img

२८ मङि्सर, विराटनगर । नेपाली किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको हो ।

‘साना हातहरु’ नामको संस्थाको सहायतामा सीमा प्रहरी चौकी विराटनगरले महोत्तरीको बर्दिवास नगरपालिका–६ का १९ वर्षीय ओमप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।

साँझ ७ बजे ताप्लेजुङको तेल्लोक घर भएकी १९ वर्षीया किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले बताए ।

युवतीलाई भने उद्धार गरेर साना हातहरु नामको संस्थाले आफ्नै संरक्षणमा राखेको छ । उनका आफन्त बोलाइ जिम्मा लगाउने भन्दै संस्थाले आफ्नै कार्यालयमा राखेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय