Tuesday, October 8, 2024

वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिन गर्न केसीको नेतृत्वमा उपसमिति गठन

spot_img

२६ मंसिर, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले वाइडबडी विमान खरिदमा देखिएको अनियमितताबारे अध्ययन गर्न कांग्र्रेस सांसद राजन केसी नेतृत्वको ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजकमा केसी र सदस्यहरुमा प्रेम आले, धर्मशीला चापागाईँ, मीना सुब्बा, चन्दा चौधरी, प्रदिप यादव र कृष्णलाल महर्जन रहनु भएको छ । उपसमितिलाई वाइडबडी विमान खरिदबारे सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।

आजको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विमान खरिद सम्बन्धमा गरेको अनुगमन प्रतिवेदन पनि पेस गरिएको छ । त्यही प्रतिवेदनलाई समेत आधार बनाएर उपसमितिले आफ्नो प्रतिवेदन समितिमा पेस गर्ने पनि सभापति शाहले बताउनुभयो ।

कार्यालयको अनुगमन प्रतिवेदनमा सार्वजनिक खरिद ऐनको सबै शर्त पूरा नगरी वाइडबडी विमान खरिद गरिएको उल्लेख गरिएको छ । त्यसैगरी विमान खरिद गर्दा अन्तराष्ट्रिय खुला बोलपत्रसम्बन्धी प्रावधानलाई लत्याइएको प्रतिवेदनले औँल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई पनि अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेपछि त्यस सम्बन्धमा पुनः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी तथा नेपाल वायु सेवा निगमका पदाधिकारीसँग पुनः सोधपुछ गरी कारबाही प्रक्रिया अघि बढाउने समितिको योजना छ ।

त्यो विमान खरिद गर्दा झण्डै ६ अर्ब आर्थिक अनियमितता भएको समितिको बैठकमा सभापति शाहले यसअघि नै दावी गर्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय