Tuesday, October 8, 2024

निर्मला प्रकरण :- प्रमाण खोज्न होईन बयानमै अल्झियो प्रहरी

spot_img

२५ मंसिर । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरूले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ ।

 

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफैं ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ । विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रूपमा केही बोल्न मानेको छैन । अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरूलाई छाड्ने प्रहरी तयारी छ ।

– प्रहरीसँग के औजार छ जसले पक्राउ पर्नासाथ निर्दोषलाई पनि ‘म दोषी हुँ’ भनेर बक्न लगाउँछ ?

-सुरुमै जीवन घर्तीमगर र बीचमा दिलीपसिंह विष्टले पनि अपराध आफैले गरेको बयान दिएका थिए

-अहिले प्रदीप र विशालले पनि त्यस्तै बयान दिएका छन्, तर डिएनए म्याच हुनेमा प्रहरी नै ढुक्क छैन

यसअघि पक्राउ परेका दिलीपसिंह विष्ट र जीवन घर्तीमगरले पनि आफूले निर्मलाको हत्या गरेको स्वीकार गरेका थिए । घर्तीमगरले खुकुरीले हानेर निर्मलाको हत्या गरेको प्रहरी सोधपुछमा बताएका थिए । तर, घटनासँग उनको कुरा नमिलेपछि प्रहरीले छाडिदिएको थियो ।

तर, दिलीपसिंहको बयान त घटना अवस्थासँग मिल्दो थियो । निर्मलालाई साइकलको चेन बनाउन सहयोग गर्ने क्रममा एक्कासि उत्तेजना आएपछि खोलाछेउमा लगेर बलात्कार गरेको बताएका थिए । सोही आधारमा प्रहरीले उनलाई अभियुक्त भन्दै ४ भदौमा सार्वजनिक गरेको थियो । उनको साबिती बयानको भिडियो नै सार्वजनिक भएको थियो । तर, डिएनए परीक्षणमा उनको संलग्नता नरहेको प्रस्ट भयो ।

दिलीपसिंह र जीवनलाई प्रहरीले हिरासतमा मानसिक यातना दिएको पछि खुल्यो । हाल थुनामा रहेका प्रदीप र विशालको बयान पनि मिल्दो रहेको प्रहरी दाबी छ । निर्मलालाई आफूले चिन्ने र कुरा गर्न भनेर कर गरेर खोलापारि लगेको उनीहरूको भनाइ छ । कुरा गर्ने क्रममा उत्तेजना भएपछि उखुबारीमा लगेर दुवैजना मिलेर बलात्कार गरेको उनीहरूको बयान छ । तर, डिएनएबाट पुष्टि भएन भने उनीहरूको बयान पनि बनावटी रहेको प्रस्ट हुनेछ  नयाँ पत्रिकामा खबर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय