Saturday, October 5, 2024

ला लिगा: अाज बेलुका बार्सिलाेनासँग भिल्लारियल भिड्दै

spot_img

 १६ मंसिर । स्पेनिस ला लिगा अन्तर्गत आज बार्सिलोना भिल्लारियलसँग खेल्दैछ । १३ खेलको समाप्तिसम्ममा बार्सिलोना २५ अंक बनाउँदै दोस्रो स्थानमा छ । भिल्लारियल भने १४ अंक सहित रेलिगेसन जोनको एक स्थान माथि छ ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार बेलुका ११ः१५ बजे हुनेछ । आजै शीर्ष स्थानको सेभिया डिपोर्टिभो अालाभेससँग खेल्नेछ । डिपोर्टिभोको मैदानमा हुने खेल भने राति १ः३० बजे हुनेछ ।

आज जित हात पारेमा सेभिया शीर्ष स्थानमा कायमै रहनेछ । सेभिया बार्सिलोना भन्दा एक अंकले अघि छ । अालाभेस भने २३ अंक सहित चौथो स्थानमा छ ।

तेस्रो स्थानको एट्लेटिको मड्रिड जिरोनाको मैदानमा खेल्दैछ । जिरोना २० अंक सहित आठौं स्थानमा छ भने एट्लेटिकोको २४ अंक छ ।

आजै रियल बेटिस र रियल सोसियडाड पौने पाँच बजे खेल्दैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय