Monday, October 7, 2024

चार महिनामा १६३ विदेशी नागरिक देश निकाला

spot_img

३० कात्तिक, काठमाडौं । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् ।

विगत चार महिनाको अवधिमा मात्र उल्लेखित संख्यामा विदेशी नागरिक निकालामा परेका हुन् ।

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले त्यस्तो धन्दा सञ्चालन गर्नेहरुको सर्च अभियान थालेपछि यो संख्या बढ्दो छ ।

विभागले आर्थिक वर्ष २०७४÷०७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई निकाला गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय