Tuesday, October 8, 2024

छठी मातासँग विराटनगरका नगर प्रमुखद्वारा ३ किलोमिटर दण्डप्रणाम यात्रा

spot_img

२८ कात्तिक, विराटनगर  । छठी मातासँग विराटनगर महानगरपालिकाको विकास र समृद्धिको कामना गर्दै नगर प्रमुख भीम पराजुलीले मंगलबार मध्याह्न करिब ३ किलोमिटर सडकमा दण्डप्रणाम गर्दै जलाशय किनार सिंघीया घाटको यात्रा गरेका छन् ।

स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा करिब ४ घण्टापछि सिंघीया खोलाको जलाशय पुगेर अरु ब्रतालुझ साँझमा अस्ताउँदो सूर्यलाई जल चढाएर उनी हिँड्दै घर फर्किएका छन् । त्यसैगरी बुधबार बिहान हिँड्दै गएर उदाउँदो सूर्यलाई जल चढाउने छन् ।

सडकमा दण्डप्रणाम गरेर जलाशय पुग्नुलाई छठको सबैभन्दा कठिन प्रक्रिया मानिन्छ । यो व्रत बस्दा मनले मागेको छठी माताले पूरा गर्ने विश्वास पराजुलीको छ । विगत १४ वर्षदेखि आफूले भाकल गरेको छठी माताले पूरा गरेको उल्लेख गर्दै यसपालि विराटनगरको विकास र समृद्धिका लागि दण्डप्रणाम व्रत बसेको पराजुलीले बताए ।

‘विगतका वर्षमा आफो व्यक्तिगत मनोकामना पूरा भएका छन् । यसपालि विराटनगरको समग्र विकास, समृद्धि, सुशासन, शान्ति सुरक्षा र नगरबासीको सुस्वास्थ्यको कामना गरेको छु’, उनले भने, ‘छठी माताले मेरो मागको सुनुवाई गर्नेमा म विश्वस्त छु ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय