Monday, October 7, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरे विश्वकै अग्लो स्मारक अनावरण

spot_img

भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको बुधबार भव्य अनावरण गरिएको छ ।

याे स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्नुभएकाे हाे । अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ ।

याे स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यही बमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।

सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा  कडा सुरक्षा दिएकाे थियाे । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् ।

याे  स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मिटर (६००) फिट रहेको बताइएको छ । याे स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।

स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ति माग गरेका छन् ।

सरकारले क्षतिपूर्ती नदिएकोले नै गुजरातका स्थानीय वासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरुले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ति मागेको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय