Saturday, November 23, 2024

निर्मला हत्या प्रकरण : परिवारसहित महेन्द्रनगरमा फेरि प्रदर्शन

spot_img

१२ कार्तिक, महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका छन् ।

 

बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीसहिले सोमबार प्रदर्शन गरेका हुन्।

महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुग्नेछ। प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन्।

प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरुको सहभागिता छ। साउन १० गते १३ वर्षीय किशोरी पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमुलक आन्दोलन सुरु गरेका हुन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय