Saturday, October 5, 2024

दोस्रो शिवसताक्षी युथ कप टि २० क्रीकेट प्रतियोगिता को खेल तालिका सार्वजनिक

spot_img

विजय खुदाङ्ग लिम्बु
२४ असोज, शिवसताक्षी । कार्तिक सात गते बाट सुरु हुने अम्बीका मोवाइल वल्ड दोस्रो शिवसताक्षी युथ कप टि २० क्रीकेट प्रतियोगिता को खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक सहित पूर्वअञ्चलका बिभिन्न १२ क्लब समलित उक्त प्रतियगिताको पहिलो चरण का लागि ४ समुहमा विभाजन सहित को तालिका आयोजक शिवसताक्षी युथ क्लबले एक विशेष कार्यक्रम बीच सार्वजनिक गरेको हो । प्रत्येक टोलीका कप्तान, पत्रकार र युवा समाजसेवी सुरज राई,विनोद खरेल लगायतको उपस्थितिमा गोला प्रथा मार्फत समुह विभाजन गरिएको उक्त प्रतियोगिताका संयोजक सुजन केसीले जानकारी दिनु भयो ।

गत संस्करणको विजेता धाइजन क्रिकेट क्लब सहित दमक क्रिकेट क्लब र भद्रपुर क्रिकेट क्लब समुह “A” मा पर्दा अर्जुनधारा क्रिकेट क्लब, एभरेष्ट क्रिकेट क्लब पत्थरी र सृजन क्रिकेट क्लब केर्खा समुह “B”मा प्रतिस्प्रधा गर्ने छन्। आयोजक A ले समुह “C” मा छिमेकी क्लबहरु शिवसताक्षी ११ झिल्झिले र किरातचोक क्रिकेट क्लब संग भिड्दा आयोजक B ले भने समुह “D”मा व्हाइट वास क्रिकेट क्लब र शिवगञ्ज क्रिकेट क्लब संग दोस्रो चरण पुग्नको निमित्त प्रतिस्प्रधा गर्ने छ।

प्रत्येक ४ समूहका समुह विजेता टीम सेमी फाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको पहिलो खेल समुह B का दुई टोली अर्जुनधारा क्रिकेट क्लब र सृजन क्रिकेट बीच हुनेछ । अम्बीका मोवाइल वल्ड झिलझिले मुख्य प्रायोजक , गोर्खाली हार्ट Supporting Partner, र शिवसताक्षी नगरपालिकाको विशेष सहयोग रहेको उक्त प्रतियोगिताको विजेताले मेडल प्रमाणपत्र ट्रफी सहित नगत रु ५०,००० र उपविजेता मेडल प्रमाणपत्र र ट्रफी सहित रु २५,००० प्राप्त गर्ने छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय