Monday, October 7, 2024

भारत लैजाँदै गरेको तीन किशोरीको उद्धार

spot_img

२१ असोज, इलाम । बेच्नको लागि भारत लैजाँदै गरेको तीन किशोरीको प्रहरीले उद्धार गरेको छ । केही दिनअघि रुकुम, सुर्खेत र जाजरकोटबाट ल्याइएका किशोरीको उद्धारसँगै मानव ओसारपसारमा संलग्न तीनजना फउ परेका हुन् ।

दुई किशोरीलाई पशुपतिनगरस्थित एक होटलबाट उद्धार गरिएको र एक किशोरीलाई दार्जिलिङस्थित होटलमा राखिएको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । भारतीय प्रहरी र माइती नेपालसँगको सहकार्यमा ती किशोरीहरुको उद्धार गरिएको हो ।

मानव ओसारपसारमा संलग्न आरोपमा फउ परेकाहरु कालिकोट सन्नीत्रिवेणी गाउँपालिका ९ घर भएका वर्ष ३० का लोकेन्द्र तिरुवा, २४ वर्षका लंक तिरुवा र २९ वर्षका जनक तिरुवा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने भएको छ ।

उद्धार गरिएकामध्ये एक किशोरीलाई परिवारको जिम्मा लगाइसकेको छ । दुई किशोरीलाई भने माइती नेपालमा राखिएको छ । उनीहरुको आमाबाबुलाई पनि छोरीहरु लिन आउन खबर गरिएको प्रहरी निरीक्षक ओलीले बताए । मानव ओसारपसारमा संलग्न तीनैजनाले गाउँमा लगेर कपडा बिक्री गर्ने गरेको खुलेको छ । कपडा बेच्न गाउँ पुगेका उनीहरुले बालिकाहरुलाई फकाएर भारत लैजाँदै थिए । फरकफरक मितिमा उनीहरुले बालिकाहरुलाई नेपालगञ्ज ल्याएर राखेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घुम्नको लागि भन्दै उनीहरुलाई पशुपतिनगर र्पुयाइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय