Monday, October 7, 2024

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

spot_img

१४ असोज कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।

एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको थियो । तर तीनैजनाको डीएनए रिपोर्ट मेल नखाएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

कञ्चनपुरका बासिन्दाले सुरुदेखि नै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानविन गर्न माग गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय