डि बी सीलास राई
१० असोज लालपानी । नयाँ श्रीनाथगण व्यारेक चाराआली बाट क्यप्टेन् भोलानाथ हरिजनका कमण्डमा ७० जनाका गस्तिटोलिले शिवसताक्षी ७ स्थीत श्री लालपाँनि मा वि मा सर्पदंश सम्बन्धि बृहत् जनाचेतना कार्यक्रम गरेका छन् ।
कनकाई ५ निवाशि रामबहादुर विष्टका अनुसार लालपाँनि मा वि का प्राध्यापक वाल्कृष्णा प्रसाईं , शिक्षक गण गाँउका समाजसेवि र विध्यार्थी हरुका बृहत् भेलालाई सम्बोधन गर्दै श्रीनाथ गणका प्युठ श्री रमेशकुमार दंगल्ले सर्पको छोटोपरिचयदिदै भने सर्पको टोकाईवाट कसरी जोगिने ? येदि टोकि हालेमा के गर्ने ? के नगर्ने? के नखाने ? विषालु र नविषालु सर्पले टोकेको कसरी चिन्ने ? विषालु सर्पले टोकेपछि टोकेका व्यक्तिमा के के लक्षणहरु देखापर्छन् ? प्राथमिक उपचार के गर्ने ? भन्ने कुराका बृस्तित् जानकारी गराए ।
सर्पको छोटो परिचय :
विश्वमा ३४ सय प्रजातिका ३ सय ७५ विषालु सर्पहरुमध्येपनि ६५ प्रजातिका अत्याधिक विषालु हुन्छन् । त्यस्मध्ये २ प्रजातिका मात्र नेपालमा पाईन्छन् । जस्तै कोव्र , किङकोव्र, र अर्को डेढ्वर्ष अघिमात्र देखापरेको मुगा सर्प र कनिय सर्प पाईन्छ ।
विषालु सर्पमा हेमोटोशन् , नोउरोटोशन् , मस्कुल र कार्यटोशन् यी ४ किसिम्का विषहरु हुन्छन् । जसमध्ये नोउरोटोशनले रगतमा असर गर्छ, कार्यटोशन्ले मुटूमा असरगर्छ र अरुले नशामा असर गर्छ ।
किङकोव्र जस्लाई कालिनागपनि भनिन्छ ५ मिटर लामोहुन्छ । उस्को टाउकोमा उल्टो भि अाकर हुन्छ । यो सर्प ३५ सय मिटर उचाईसम्म पाईन्छ । अर्को करेट तराइ र हिमालि भेगमा पाईन्छ , उस्ले रातमा ज्याद आक्रमण गर्छ । अर्को व्याण्डेट करेट तराईदेखि २ सय २३ मिटर उचाई सम्म पाँईन्छ र झापामा यहि सर्प ज्याद पाईन्छ । अर्को वालकरेट भन्ने सर्प नेपालमा भर्खरै देखा परेको छ ।
सर्पको टोकाईबाट कसरी जोगिने ?
राति हिड्दा टर्च लाइट, लौरो, हातमा र खुट्टामा बुट जुत्ता लाएर झाडि र झ्यास भएका ठाउमा लाठिले हल्लाउदै हिड्ने, घाँस काड्दा कचियले झार जंगाल पहिला वेस्सरी शल्लाएर मात्र काटने, राति खाटमा झुलटागेर सुत्ने, घरका वरि परि झार जंगल उम्रना नदिई सधै सफा राख्ने, मुसाका प्वालहरु पुरिहाल्ने, कुखूरा , हाँस, र परेवका खोर घरदेखि टाढामा राख्ने त्यस्का वरपरिपनि सफा राख्ने ।
विषालु र नविषालु सर्पले टोकेको कसरी चिन्ने ?
विषालुले टोकेमा दुईटा दाँतकाो प्वाल हुन्छ तर नविषालुले टोकेमा कचियाले रेटेको जस्ता दाग हुन्छन् ।
टोकिहालेमा के गर्ने र के नगर्ने ?
हात र खुट्टामा टोके २-४ इन्च माथि कपडाले हल्का बाध्ने, नडराउने, चलहल गर्दै नदगुर्ने, पानी, दूध, चियालगायत तरल पदार्थ नपिउने, सवैले साहस र ढाडस दिनु पर्छ ।
विषालु सर्पले टोकेका शरिरमा देखापर्ने लक्षणहररू ।
माँशपेसि वाउडिने, वोल्न गाह्रो हुने, खान गाह्रोहुने, नारि र मुटुको धड्कन् बढ्दैजाने, आँखा रातो हुने, सासफेर्न गाह्रो हुने, व्लड्पेशर ह्वात्तै बढ्ने त्यस्पछि लगतर बिस्तारो हुँदै जाने, दिशा,िपशाप, खकार र वान्त भए वान्तबाट समेत रगत जाने, साथै शरिर पोल्ने र ज्यादै दुख्ने हुन्छ।
गलत् भ्रम् भनाईहरू यस्तो छ- सर्पले टोकेर उतानो पल्टिएमात्र विष लाग्ने, धामि झाँक्रि दुवारा विष झार्ने , झारमौरोले विषझार्ने, टोकेका ठाउमा आगोले पोल्ने, विलेट्ले चिरेर रगत फ्याक्ने, चुस्ने, कालो रगत र मासु भएको कालो कुखुराको दीशादुावार टोकेकाो ठाउमा टसाए विष निस्कने र विमारि निको हुनेकुरा हरू सबै कपो कल्पित र झुटा हुन् ।
कार्यक्रमको अन्तमा प्राध्यापक वालकृष्ण प्रसाईले यदि सर्पले टाउको गर्दन र कुममा टोक्यो भने कहाँ बध्ने ? भन्ने प्रस्नको जवाफमा निस्चित ठाउमा लगेर उपचार गराउनको बिकल्प अरूकेहि नभएको भन्दै सवैका जिज्ञशा मेटाउदै क्यप्टेन भोलनाथ् हरिजन द्धवारा कार्यक्रम अन्त भएको थियो ।