Saturday, October 5, 2024

साफका लागि नेपाली फुटबल टिमको घोषणा, काे–काे परे

spot_img

आसन्न साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २० खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टिममा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउन सफल भएका छन् । जर्ज प्रिन्स कार्की र कम श्रेष्ठ भने टिममा पर्न सकेनन् ।

नेपाली टिमका गोलकिपरमा किरण चेम्जोङ्, विकेस कुथु र एलन न्यौपाने छन् । दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल डिफेन्समा छन् ।

यस्तै मिडफिल्डको जिम्मेवारी सुजल श्रेष्ठ, निराजन खड्का, विशाल राई, सुनिल बल, हेमन गुरुङ र हेमन्त थापामगरलाई दिइएको छ भने फरवार्डमा भरत खवास, विमल घर्तिमगर, नवयुथ श्रेष्ठ र अञ्जन विष्ट छन् ।

प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँगै पकिस्तान र भुटान रहेको समूह एमा रहेको छ । नेपाली टोली १७ गते बंगलादेश प्रस्तान गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय