Monday, October 7, 2024

एसिड आक्रमणमा परेकी सम्झना दासको उपचारकै क्रममा निधन

spot_img

८ असोज, रौतहट । एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा निधन भएको छ ।

सम्झनाको आइतबार राति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ । तीजको दरखाने राति सम्झना र उहाँकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । सुस्मिताको स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भएको पनि अस्पताल प्रशासनले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय