Sunday, October 6, 2024

सन्थाल म्युजिक भिडियो गाती ढुलड धमाधम

spot_img

नेपालको पहिलो सन्थाली मिडीया बाट छायाँङकन हुदैगरको सन्थाल जातीकै आफ्नै लगानीमा निर्माणधिन एक मात्र सन्थाली एल्बम् “गाती ढुलड़” कोे छायाँङकन पुर्वी झापाको दमुखा, जामुनखाडी, हेप्पी लेण्ड,सालवारी, ईलामको कन्यम लगायत विभिन्न पर्यटकिय स्थानहरुमा छायाँङकन रहने यस प्रा.ली का प्रवन्धक एवम् निर्देशक डेबिड मर्डीले बताए ।
सो एल्बम् मा मोडलको रुपमा कमल गाँउपालीका वार्ड नं. –६ सुनापुर बस्ने वर्ष २० कि नव नायीका अपना टुडू लाई देख्न सकिन्छ भने नायक को रुपमा यस प्रा.ली का प्रमुख झापा गाँउपालीका वार्ड नं.–६ शरणामती निवासी डेविड मर्डीले अभिनय गरेको पाइन्छ ।
डि.जे.सी. सन्थाल नेपाल प्रा.लि.द्धारा निर्माण भैरहेको यो नेपालकै पहिलो सन्थाली म्युजिक भिडीयो एल्बम् गाती ढुलड़को रिलिज नेपालीहरुको महान चाड दशै र तिहार लाई मध्यनजर गरी गरीने यस प्रा.ली का कार्यकारी निर्देशक झनक सोरेनले बताए । यस एल्बम्ले झापा, मोरङ्ग,सुनसरी लगायत भारतका विभिन्न स्थानहरुमा सफलता पाउने उनको भनाई छ ।
डि.जे.सी सन्थाल नेपाल प्रा.ली लाई यहाँ सम्म ल्याई पुर्याउने तथा आफ्नो जिवनलाई मिडिया क्षेत्रमा सर्मपित गर्नका लागी धेरै जनाको योगदान रहेको र यस कार्यलाई मुत्र्त रुप दिन कुनै कसर नराख्ने यसै प्रा.ली.का सदस्य राज् मुर्मुले बताउछन् ।
नेपालमा सन्थाली मिडिया क्षेत्रलाई आफ्नो जिवनी बनाउने र यसको माध्यम द्धारा सम्पुर्ण सन्थाल जातीको कला , संस्कार ,सस्कृती एवम् रितीरिवाज तथा जातीय परम्परा,भेष भुषा र पहिचान लाई जोगाउने कार्य लाई सधै सिरोपरमा राखेर काम गर्ने उद्धेश्यीय रहेको बताईन्छ ।
त्यसै पनि सन्थाल समुदाय सदियांै देखी मिडिया बाहिर रहेको समुदायको रुपमा चिनिन्छ । यस समुदायको महिलाले आफुलाई बाहिरी रुपमा खुलाउन धेरै कसरत गर्नु परेको अवस्था छ । त्यो पनि मिडिया मा लागेर खुल्ला ठाँउमा अभिनय देखाउनु त धेरै टाढाँको कुरा हो । यो ब्यवस्था लाई चिर्दै मिडियामा केही गर्छु भनेर आउनु नै ठुलो चुनौतीको सामना गर्नु हो तसर्थ सन्थाली मिडिया लाई अगाडी लाने काममा एउटा ऐतिहाँसिक भुमिका निर्वाह गर्ने बहिनी अपना टुडु लाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहने डेविड मर्डीले बताए । उनले फेरी थपे अबको दिनमा सबैको साथ र सहयोग बाट नै सन्थाल समाजलाई मिडिया द्धारा विश्व सामु चिनाउनु पर्दछ र प्रत्येक सन्थालीहरुले आ–आफ्नो प्रतिभा लाई आफुमै सिमित नराखी संचार माध्यम बाट प्रस्तुत गर्दा नै प्रतिभाको सम्मान हुने हुँदा त्यसैले आफ्नो छोरा छोरीको लगाव मिडिया क्षेत्रमा रहेको भए त्यसलाई नरोक्न समेत आग्रह गरे ।
एउटा सानो बाटो खोल्ने प्रयास भएको छ अझै धेरै कामहरु गर्न बाकी नै छ । मेरो सानै देखीको सपना सन्थाली मिडिया मा काम गर्ने रहेको थियो आज सो सपना आज साकार हुदै जादा धेरै खुशी लागेको डेविड मर्डी बताउछन् ।
यस डि.जे.सि.सन्थाल नेपाल प्रा.लि.को मुख्य कार्यलय झापा गाँउपालिका वार्ड नं.–६ शरणामती बजार मा रहेको छ । यो मिडीया प्रा. लि. सुचना तथा संचार मन्त्रालय काठमाडौमा दुई जना डेविड मर्डी र झनक सोरेनको नाममा कम्पनि ऐन अनुरुप दर्ता भई देश तथा विदेशमा समेत ठुला पर्दाको फिचर फिल्म बनाउने उद्धेयीय अनुरुप दर्ता भएको हो । अहिलेको यो म्युजिक भिडीयोको गितको लेखन देवान टुडु ले गर्नु भएको छ भने संगित संयोजन चन्दन बास्की ले गर्नु भएको छ तथा स्वर फुर्मल बेश्रा र गिता सिंह बास्की को रहेको छ । त्यसै गरी यस गितको कन्सेप्ट,कोरियोग्राफी तथा मुख्य निर्देशन डेविड मर्डी र सहायक निर्देशनको रुपमा सुरेश किस्कु लगायत क्यामेरामेन को रुपमा अविनाश मर्डी रहनु भएको छ ।
अबको यो एल्बम्को विमोचन सगै सन्थाली फिल्म तर्फ अघि बढने र त्यसको सम्पुर्ण तयारी समेत हुदै गएको कार्यकारी निर्देशक झनक सोरेनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय