Monday, October 7, 2024

निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

spot_img

२ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’

ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय