Monday, October 7, 2024

१८ वर्षीया आनीको तपस्वी बम्जनमाथि बलात्कार गरेको आरोप

spot_img

३० भदौ, काठमाडौं । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि १८ वर्षीया एक युवतीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक(पटक बलात्कार गरेको बताएकी हुन् ।

आफ्नो नाम आनी बताउने उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएकी थिइन् । पहिलो पटक बम्जनले उनको श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ । त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् ।

‘ममाथि पटक–पटक गुरुले बलात्कार गर्नु भयो । उनले भनिन्, ‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन । बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय