१९ मङ्सिर । अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुनुभएको बीबीसीले जनाएको छ ।
यसअघि उहाँले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुनुहुन्छ ।
राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याउनुभएको छ । तर पाण्डुलेनी इतुलाले चुनाव प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै परिणाम स्वीकार गर्न अस्वीकार गर्नुभएको छ ।