२८ कात्तिक । भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ ।
सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो । स्टारलिङ्कको सम्भावित प्रक्षेपण विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा कडा नीतिगत बहस र राष्ट्रिय सुरक्षा चिन्ताका साथ भएको छ ।
सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले सुरक्षाको दृष्टिकोणबाट सबै सर्तहरू पूरा गरेको अवस्थामा मात्र भारतले कम्पनीलाई सञ्चालन गर्न दिने बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सरकारका प्रतिनिधि र स्टारलिङ्कका बीच डेटा भण्डारणसहितका केही सुरक्षासम्बन्धी विषयहरूमा केही दिनदेखि छलफल चलिरहेको छ ।