Saturday, November 23, 2024

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

spot_img

२१ कात्तिक । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जीतको नजिक पुग्नुभएको छ । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले दुई सय ६६ मत प्राप्त गरिसक्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एवम् डेमोक्रे्टिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले दुई सय १९ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । नौ वटा राज्यमा मतगणना चलिरहेको छ । फक्स न्युजले ट्रम्पको जीत निश्चित भएको घोषणा गरिसकेको छ ।

यसैबीच मतगणना चलिरहँदा रिपब्लिकन उम्मेदवार ट्रम्पले आफू विजयी भएको घोषणा गर्नुभएको छ । फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

हिजो भएको चुनावमा राष्ट्रपतिसहित तल्लो सदन र माथिल्लो सदन–सिनेटका लागि समेत मतदान भएको छ । माथिल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत पुर्‍यासकेको छ भने तल्लो सदनमा पनि रिपब्लिकनकै बहुमत आउने देखिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय