Sunday, October 6, 2024

राहदानी कसुर गरेमा दुई देखि पाँच लाख जरिवाना वा एकदेखि तीन बर्ष कैद

spot_img

२५ भदौ, काठमाडौं । नेपाल सरकारबाट जारी राहदानीका लागी झुटा बिवरण दिएमा वा राहदानी सम्बन्धी कुनै कसुर गरेमा अब बिना पुर्जी पक्राउ गरी कारवाही गरिने भएको छ ।
भुटा बिवरण दिई राहदानी अथवा यात्रा अनुमती पत्र लिएमा वा लिने प्रयत्न गरेमा, राहदानी वा अनुमतीपत्र नलिई बिदेश भ्रमण गरेमा वा भ्रमणको प्रयत्न गरेमा ठाउँको ठाउँ नियन्त्रणमा लिन सम्ने कानुन आउदैछ ।
राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अर्कालाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा, राहदानीमा फोटो वा बिवरण सच्याएमा, अन्या ब्यक्तीको राहदानी निजको अनुमती नलिई बद्नियतपुर्वक नियन्त्रणमा लिएमा कसुरदार ठहर गरी कारवाहि गरिनेछ ।
मैजुदा राहदानी ऐन २०२४ का ब्यवस्था समय सापेक्षरुपमा परिमार्जन गर्न वा नयाँ संविधान प्रतिकुल बनाउन सरकारले प्रतितिधीसभामा नयाँ बिधेयक लगेको छ । सो बिधेयक हाल प्रतिनिधीसभामा अन्तराष्ट्रिय सम्बन्ध छ ।
राहदानीको दुरुपयोग गरिएमा अनुसन्धान गर्ने कानुनी संरचनाको स्थापना गर्दै बिगतको भन्दा कडा दण्ड सजायको ब्यवस्था गरिएको छ ।
सांसद र उच्च पदाधिकारी तथा राहदानी कसुरमा पर्ने सन्दर्भमा बिधेयकले कडाई गरेको हो । बिधेयकमा राहदानी कसुरमा दुई लाखदेखि पाँच लाख रुपैंयासम्म जरिवाना वा एकदेखि तीन बर्षसम्म कैद वा दुबै कारवाही पनि हुन सक्ने बिधेयकमा उल्लेख छ ।
बिधेयकमा कसुरदारका मतियारलाई पनि कारवाही हुने विधेयकमा ब्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय